सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रिलायन्स इडष्ट्रिजका मालिक मुकेश अंबानी ती ब्यक्ति हुन जसको नाम विश्वका धनाढ्यहरु मध्येका एक नाम हो । मुकेश अंबानी भारतको सबैभन्दा महंगो घरमा बस्छन् र विश्वको सबैभन्दा सुरक्षित कारमा यात्रा गर्छन । हुनत मुकेश अंबानीसँग कैयौ शानदार कारहरु छन् तर बीएमडब्लु को यो कार केही फरक विशेषता का छन् ।
जान्नुहोस कारको विशेषताको बारेमा
मुकेश अंबानी आफनो बिएमडब्लु ७६० एलआई मा यात्रा गर्छन । बीएमडब्लु ७६० एलआई स्पोर्टस कार हो, जसको मुल्य ३.०४ करोड रुपैया रहेको छ । अंबानीको जेड क्याटगोरी सिक्युरिटि आवश्यकताको हिसाबले बीएमडब्लुले यसमा बदलाब (मोडिफिकेशन) गरेको छ ।
बीएमडब्लु ७६०एलआईको हरेक ढोकाको मोटाई ६५ एमएम छ र १५० किलोग्राम वजनसँगै यो वुलेट प्रुफ पनि छ । यो कारलाई ल्याण्ड माइन्सको लागी पनि टेस्ट गरीसकिएको छ जसमा यो सफल भएको छ । यसको अलावा यो कारमा आर्मी ग्रेड हतियार, ह्याण्ड ग्रेड र १७ किलोग्रामसम्म हाई इंटेनसिटि टिएनटि ब्लास्टको कुनै असर पनि हुदैन ।
बीएमडब्लु ७६०एलआई का फ्युल ट्याङकलाई सेल्फ सीलिंग केवलरबाट बनाइएको छ, जसको कारणले यसमा आगो लाग्दैन र गाडि भित्र बसेको मानिस सुरक्षित हुन्छन् । यो कारमा डबल लेयर लेस टायर्स राखिएको छ, यी टायर्समा बुलेट आक्रमणले पनि कुनै पनि असर गर्देन ।
केमिकल आक्रमण हुदा बीएमडब्लु ७६०एलआई कार सम्हालिन्छ र साथै इमरजेन्सिको समय कारको भित्र रहेको अक्सिजनको प्रयोग गर्न सकिन्छ । यसको अलावा यो कार बीएमडब्लु ७६०एलआई वीआर७ ब्लास्टिरकर प्रोटेक्शनको लागी रेडी हुन्छ यसको डोर प्यानलभित्र केवल प्लेट्स छ ।
अंबानीको मुंबई मोटर ब्हीकल्स डिर्पाटमेन्टमाथि १.६ करोड भारुको रेकर्ड रजिष्ट्रर भएको छ । रिपोर्ट अनुसार, भारतमा यो भन्दा पहिला कसैले पनि यति धेरै रजिष्ट्रेशन फिस दिएको थिएन । मुंकेश अंबानी हरेक बर्ष आफनो ड्राइभरलाई लगभग ३८ लाख पारिश्रमिक दिन्छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा