सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, मंसिर २७ । प्रहरीले हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ७ दल्काका २२ वर्षीय शिवपुजन थारुलाई पक्राउ गरिएको हो ।
स्थानीय २६ वर्षीय अशोक मुसहरको हत्या गरेको आरोपमा शिवपुजनलाई प्रहरीले पक्राउ गरेको हो । मंसिर २१ गते स्थानीय सुमन चौधरीको विवाहमा नाच्ने क्रममा अशोकले साउण्ड सिस्टम चलाएको विषयमा दुईजनाबीचमा विवाद भएपछि शिवपुजनले अशोकलाई केही परको खेतमा लगेर ढुङ्गाले मुखमा हानेर हत्या गरेको प्रहरीले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा