सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, मंसिर २७ । धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।
तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् । पुल बने रोजगारी खोसिने उनको चिन्ता छ ।
हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् । ‘तुइनबाट खोला तर्दा फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ,’ उनले भने ।,खवर आजको नयाँ पत्रिका दैनिकमा छ ।
धादिङको चरौँदीस्थित साबिकको गाविस भवनसँगै रहेको तुइन अघिल्लो वर्ष नै विस्थापित गरिसक्नुपर्ने थियो । तर, एक वर्ष ढिला भइसक्दा पनि निर्माण कार्यले गति लिएको छैन । त्रिशूली नदीमाथि रहेको तुइनको दायाँ किनारा गोरखाको घ्याल्चोक र बायाँ किनारा धादिङमा पर्छ । तुइनको छेवैमा तरकारी संकलन केन्द्र छ । त्यहाँ घ्याल्चोकलगायत आसपासका किसान दैनिक तुइन तरेर तरकारी बिक्री गर्न आउने गर्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा