सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर २६ । सिटिजन्स बैकले वुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । वुमन एक्टको केन्द्रिय कार्यालय टुसाल, महाराजगंजमा आयोजित एक कार्यक्रम बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गर्नुभयो । भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने संस्थाका संचालक अधिकारीले बताइन ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले देशैभरी फैलिए रेहेको आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु मार्फत करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा