सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २६ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आज ९ बजेको लागी बोलाइएको संवैधानिक परिषद्को बैठक बिहीबार बिहानसम्म स्थगित भएको छ।
यसअघि पनि पटक पटक पटक पटक स्थगित हुदै आएको संवैधानिक परिषद्को बैठक मंगलबार पुस ५ गते सम्मका लागि स्थगित गरिएता पनि प्रधानमन्त्रीले आजका लागि बोलाएको थिए। विपक्षी दलका नेता शेरबहादुर देउवाले आज आउन भ्याउदिन भोलि आउँछु भनेपछि बैठक बिहीबार बिहान ९ बजेका लागि सारिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले यही पुस १७ गते उमेर हदका कारण अवकाश पाउने भएपछि बैठकबाट नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ ।
मंसिर १७ गते बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि बैठक २२ गतेलाई सरेको थियो । २२ गतेपनि बैठक बस्न नसक्दा २५ गते विहान ११ बजेका लागि बोलाइएको बैठक पुन साँझ ५ बजेलाई सारिएको थियो । साँझ ५ बजेको बैठकमा परिषद्का अध्यक्ष र विपक्षी दलका नेता अनुपस्थित हुदा आगामी पुष ५ गतेका लागि सारिएको थियो । तर प्रधानमन्त्रीले आजका लागि बोलाइएको बैठक पनि देउवा नआएपछि स्थगित गरिएको हो। बैठक पुन विहिवार ९ बजेको लागि राखिएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा