सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भद्रपुर, मंसिर २६। सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।
भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए ।
रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो । इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा