सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २६। प्रहरीले बिदेश पठाइदिन्छु भन्दै ठगी गर्ने १०१ नेपाली राहदानी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ धोराही उ.म.न.पा.वडा नं. ८ स्थायी घर भई हाल का.जि.मित्रनगर बस्ने बर्ष २४ को राकेश थारु रहेका छन्।
उनले बिभिन्न मितिमा सर्वसाधारण मानिसहरुलाई ललाई फकाई प्रलोभनमा पारी बिदेश पठाई दिन्छु भनी बिभिन्न मितिमा नगद रकम र नेपाली राहदानी लिएका थिए । उनले सर्वसाधारण मानिसहरुलाई काठमाण्डौमा बोलाई जानकी ईन्ट्रनेस्नल मेडिकल सेन्टर प्रा.ली मा लगी स्वस्थ्य परिक्षण समेत गराएका थिए ।
उनी ठगिएका व्याक्तिबाट सम्पर्कमा नआई भागी फरार रहेको थिए । उनलाई खोजतलास गर्दै जादाँ का.जि का.म.न.पा. वडा नं. २६ मित्रनगर स्थित होटल कोहलपुर गेष्ट हाउसमा फेला पारिएको थियो।
उनको साथबाट प्रहरीले नेपाली राहदानी १०१ थान र १०१ जनाको मेडिकल रिपोट समेत बरामद गरेको छ। उनीबाट हालसम्म १०१ जना पीडित भएका छन्। ठगी मुद्दा दायर भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा आबश्यक कारवाहीको लागी बृत्त महाराजगंजमा पठाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा