सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रतिष्ठित टाइम म्यागजिनले २०१८ को “पर्सनल अफ द एयर” को लागी ४ पत्रकार र एक म्यागजिनलाई चुनेको छ । हालै टर्कि स्थित साउदी वाणिज्य दुतावासमा मारिएका वाशिंगटन पोस्टको स्तम्भकार जमाल खशोग्गीको नाम पनि उक्त नाममा समावेश गरेको छ । खशोग्गीको नाम तब चर्चामा आयो जब टर्कि स्थित साउदी अरबका बाणिज्य दुतावासमा आफनो दस्तावेज सम्बन्धि कामको लागी गएको बेला उनी साउदीमै गायव भएका थिए । साउदीले उनी वेपत्ता हुनुको पछाडि आफनो हात रहेको अस्विकार गरेको थियो । तर पछि खशोग्गीको मुत्यु भएको पुष्टि स्वयम साउदीले गरेको थियो । उनको मुत्युले पश्चिमी देश र साउदी अरब बिचको सम्बन्धमा खटपट पैदा पनि भएको छ ।
मंगलबार टाइम पत्रिकाले यो बर्ष साँचो कुरा बाहिर ल्याउने आफनो ज्यान बाजिमा राख्ने चार पत्रकार र एक म्यागजिनलाई यो सम्मानको लागी चुनेको हो । खशोग्गीको अलावा पछिल्लो ३३ बर्ष युद्धग्रस्त क्षेत्रमा काम गर्ने विख्यात फिलिपिन्सका पत्रकार मारिया रेसा सहित म्यान्मारको जेलमा बन्द रायटरका दुई युवा पत्रकार वा लोन र क्याव सोइ उ को नाम पनि समावेश छ । यसको अलावा मेरील्याण्डका अनापोलिस मा क्यापिटल गजट नामको पत्रिकालाई पनि यो सम्मानको लागी चुनिएको छ । यहाँ ५ पत्रकारलाई गोली हानि हत्या गरीएको थियो ।
पत्रिकाले भनेका छ यी “सबै मानिसहरु ती मानिसहरुका प्रतिनिधि हुन, जो विश्वभरमा साँचो कुराको लागी लडिरहेका छन् । यो बर्ष १ डिसेम्बरसम्म विभिन्न कारणले ५२ पत्रकारको हत्या भईसकेको छ । यी ती ब्यक्तिहरु हुन जो हामिलाई साँचो कुरा बताउनको लागी स्वयंम जोखिम मोल्छन्” ।
खशोग्गीको सम्बन्धमा पत्रिकाले भनेको छ, “साउदी पत्रकारले आफनो देशको सरकारसँग असहमत हुने हिम्मत गरे । उनले विश्वको ती साँचो कुराको बारेमा बताए, जो साँचो बोल्ने विरुद्ध त्यहाँ अपनाइन्थ्यो । यसकारण उनको हत्या गरीयो “।
साउदी अरब क्राउन प्रिन्स मुहम्मद बिन सलमानको एजेण्डाको समर्थन गरेको बाबजुद पनि खशोग्गीलाई पछिल्लो बर्ष आफनो देश छोडेर भाग्न परेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा