सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दिग्गज फुटबलर क्रिस्टियानो रोनाल्डोले लामो समयदेखी मैदानमा आफनो प्रतिस्पर्धिको रुपमा रहेका लियोनल मेसीलाई केही नयाँ गर्न सल्लाह दिदै स्पेनको वाहिर अन्य लिग खेल्न चुनौती दिएका छन् ।
रोनाल्डोले इटलीको क्लब युभेन्टससँग जोडिएको १५० दिन पुरा भएको अवसरमा मिडियासँगको कुराकानीले उनले उक्त चुनौती दिएका हुन् । उनले भने म चाहन्छु कि उ एक दिन म जसरी नै इटली आओस । मलाई आशा छ कि उ पनि मैले जस्तै गरी चुनौतीलाई स्विकार गर्नेछ, तर यदि उ त्यही खुशी छ भने पनि म उसलाई सम्मान गर्छु ।
पछिल्लो एक बर्षदेखी यि दुई खेलाडी विच कडा प्रतिस्पर्धा चलिरहेको छ जसमा दुबैले ५÷५ पटक बेलोन डिओरको उपाधि जितेका छन् । यो बर्ष यी रोनाल्डो–मेसी राजको अन्त्य गर्दे विश्वकप २०१८ को उप–विजेता रहेको क्रोएशियाका कप्तान लुका मोड्रिचले तोडे ।
रोनाल्डोलाई जब सोधियो कि के उनलाई ३१ बर्षिय मेसीको कमी महसुस भईरहेको छ जसले आफनो पुरा सिनियर करियर बार्सिलोनासँग बिताए तब उनले भने “छैन, शायद उनलाई मेरो कमी महसुस भईरहेको होला “।
उनले भने “मैले इङ्गल्याण्ड, स्पेन, इटली, पोर्चुगल र आफनो राष्ट्रिय टिमको लागी खेलेको छु जबकि उ अहिलेपनि स्पेनमा नै छ । शायद उसलाई मेरो धेरै आवश्यक छ । मेरो लागी जिन्दगीको एउटा चुनौती छ, मलाई यो मन परेको छ र म सधै दोस्रो ब्यक्तिलाई खुशी राख्न मन पर्छ” ।
युभेन्टससँग १० करोड युरो (लगभग ११४ करोड डलर) करार गरेका यी खेलाडी ले भने “उनी शानदार खेलाडी तथा राम्रा ब्यक्ति हुन तर मलाई यहाँ उसको कमी महसुस हुदैन । यहाँ मेरो नयाँ जिन्दगी शुरु भएको छ र म खुशी छु” ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा