सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनल मेसीका अफगानी प्रशंसक मुर्तजालाई अपराधिक गिरोह र तालिबानले ज्यान मार्ने र अपहरण गर्ने धम्कि दिएका छन् । उनकी आमा शफीका अहमादीले शुक्रबार अपराधिहरुले उनको सात बर्षका छोरा मुर्तजालाई अपहरण गर्ने र मार्ने धम्कि दिएको जानकारी दिएकी छिन ।
उनको अनुसार इन्टरनेटमा मुर्तजा भाइरल भएदेखी नै स्कुल जान नसकेको बताइन । यतीमात्र होइन उ जाडोमा पनि एउटा टुटेफुटेको कोठामा बस्न बाध्य भएको बताइन । जाडो र यहाँको नरकीय जीवनले मुर्तजालाई विरामी पारेको बताइन ।
२ बर्ष पहिला चर्चित भएका थिए
मुर्तजाले २ बर्ष पहिला मेसीको प्लास्टिकको १० नंम्बरको जर्सि लगाएर फुटबल खेलेको फोटो सोशल मिडियामा भाइरल भएको थियो । यो फोटो यति लोकप्रिय भयो कि स्वयम मेसीले पछिल्लो बर्ष डिसेम्बरमा यी बालक प्रशंसकलाई मात्र भेटेनन् उनलाई आफनो एक जोर जर्सि पनि भेट स्वरुप दिए ।
मुर्तजाले मेसीलाई सन्देशमा भनेका थिए कि “मलाई आफुसँगै लैजानुहोस । म यहाँ फुटबल पनि खेल्न सक्दिन । यहाँ केबल बन्दुक र बमको आवाज मात्र छ “।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा