सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २४। त्रिवि क्रिकेट मैदानमा जारी काठमाडौंमा एभरेष्ट प्रिमियर लिगमा सम्पन्न सोमबारको पहिलो खेलमा काठमाडौंले चितवनलाई ६ विकेटले पराजित गरेको हो। काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गर्दा चितवन टाइगर्सले भने लगातार दोस्रो हार व्यहोरेको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै चितवनले काठमाडौंलाई जितका लागि १ सय ६१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य काठमाडौंले १८ दशमलव ५ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो। काठमाडौंको जितमा सुब्रमन्यन आनन्द नायक बने।
उनले १८ बलमा अविजीत रहँदै ४३ रन जोड्दै टोलिलाई जित दिलाए। यस्तै सागर पुनले ३९ तथा नरेश बुडाऐरले २२ रन बनाए। चितवनका शाहब आलमले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो। चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४५ रन बनाए।
यस्तै पउल स्टर्लिङले ३४ तथा सन्दिप सुनारले २५ रन बनाए। काठमाडौंका प्रदिप शाहु र शम्साद शेखले समान ३/३ विकेट लिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा