सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २४ । नेपाली मिलफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’मा सर्बोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
उनले क्लब पर्सिजा जाकार्ता लिग च्याम्पियन भएसँगै आइतबार जाकार्तामा रोहितले लिगकै सर्बोत्कृष्ट खेलाडीको ‘गोल्डेन बल’ पुरस्कार पाएका हुन् । प्रतिष्ठित लिगमा यस्तो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
पुरै सिजन उत्कृष्ट प्रदर्शन गरेका २६ बर्षीय रोहितले पर्सिजालाई १७ बर्षपछि लिग च्याम्पियन बन्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
विदेशी लिगमा सर्बोत्कृष्ट खेलाडी चुनिने पहिलो नेपाली फुटबलर बनेका रोहित ‘भर्सटाइल’खेलाडी हुन् । उनले सर्बोत्कृष्ट खेलाडीको १५ करोड इन्डोनेसियन रुपैंयाँ(१५ लाख रुपैंयाँ) पाउनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा