सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पेरिसमा बढ्दै गएको महंगीको विरोध प्रदर्शन अब हिंस्रक बन्दै गईरहेको छ । पहेंलो जर्सी लगाएर सडकमा उत्रिरहेका मानिसहरु माथि प्रहरि बर्बरतामा उत्रिएको छ । आइतबार फ्रान्समा यल्लो वेस्ट प्रदर्शनको दौरान प्रदर्शनकारीको दंगा प्रहरीसँग झडप भएको छ भने १७०० भन्दा बढि प्रदर्शनकारी पक्राउ परेका छन् । गृह मन्त्रालयले उक्त जानकारी दिएको हो ।
बढ्दो महंगीलाई लिएर पछिल्लो चार हप्तादेखी मानिसहरु प्रदर्शन गरिरहेका छन् । बढ्दो महंगी र साधारण तौरमा राष्ट्रपति एम्यानुएल म्याक्रो विरुद्ध देश ब्यापी प्रदर्शनको चौथो हप्तामा मार्सिले, बोर्डोक्स र टौलाउज समेत कैयौ शहरमा प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार १,७२३ मानिस पक्राउ परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार शनिवार १,०८२ जनालाई पक्राउ गरीएको छ । गृह मन्त्रालयको अनुसार शनिवार प्रदर्शनमा करीब १,३६,००० जनाले भाग लिएका थिए । एक डिसेम्बरमा भएको प्रदर्शनमा पनि धेरे संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
पेरिसमा प्रदर्शन ठुलो हिंस्रक रहयो । प्रदर्शनकारीले कार र अवरोधकलाई आगो लगाइदिएका छन भने कैयौ ठाउँमा आगजनि गरेका छन् । यी प्रदर्शनकारीको केन्द्रमा राष्ट्रपति छन् र सम्भावना छ कि उनले चाडैमा प्रदर्शनकारीलाई सम्बोधन गर्न सक्नेछन् । प्रदर्शनकारीहरु राष्ट्रपतिको राजीनामाको नारा सडकमा लगाइरहेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा