सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३ । संसदीय सुनुवाई समितिले ४ देशका लागि सिफारिस भएका राजदूतको नाम सर्वसहमतिले अनुमोदन गरेको छ।
आइतबार ७ घण्टा लामो चलेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका ४ जनाको नाम अनुमोदन गरेको हो ।
बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि डा. अञ्जान शाक्यको नाम अनुमोदन भएको हो ।
संसदीय समितिबाट अनुमोदन भएका प्रस्तावित राजदूतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने प्रावधान छ।
प्रस्तावित राजदूतहरु उपर कुनै पनि उजुरी नपरेपछि उनीहरु राजदुतको लागी संसदीय समितिले योग्य ठहर गरेको हो ।
वि. सं २०८१ सालको वार्षिक राशिफल वि. सं २०८१ सालमा कालयुक्त नामको संवत्सर रहेको छ। यो वर्षको राजा मङ्गल ग्रह रहेको छ भने मन्त्री शनि ग्रह रहेको छ। मेष (चु, चे, चो, ला, लि, लु,... विस्तृतमा