सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३। हप्ताको पहिलो दिन आइतबार नेप्से १० दशमलव ८५ अंकले बढेर ११ सय ३१ दशमलव ७० अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
कारोबार रकम भने बिहीबारको तुलनामा झण्डै १६ करोड रुपैयाँले घटेको छ । आइतबार २२ करोड ३७ लाख रुपैयाँ बराबरका ७ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन् ।
नेप्से बढेसँगै आइतबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै साढे ५ प्रतिशत कमाएका छन्।
लक्ष्मी इक्वीटी फाउण्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने झण्डै साढे ४ प्रतिशत गुमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा