सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको सान्या शहरमा ८ डिसेम्बरको राती मेक्सिको भेनिसा पोन्सी डि लिओनलाई ६८ औ मिस वर्ल्डको ताज पहिनाईयो । यो पल केबल भेनिसको लागी मात्र विशेष रहेन यो पुरै मेक्सिको देशको लागी पनि धेरै खास रह्यो । खास यो कारण किनभने भेनिसा यो उपाधि जित्ने मेक्सिको पहिलो सुन्दरी हुन् । मिस वर्ल्ड २०१८ को टप ५ मा मिस मेक्सिको भेनिसा पोन्स डि लिओनको अलावा मिस थाइल्याण्ड निकोलीन पिचापा लिमनकन, मिस युगाण्डा क्विन अब्रेक्या, मिस जमैका कदिजा रोबिनसन र मिन बेलारुस मारिया वसिलविच सहभागी थिए ।
२६ बर्षिय भेनिसालाई मिस वर्ल्डको ताज भारतकी मानुषी छिल्लरले पहिनाईन जसले पछिल्लो बर्ष यो ताज जितेकी थिइन । मानुषी छिल्लरले १७ बर्षको अन्तरालमा भारतलाई २०१ को मिस वर्ल्डको उपाधि दिलाएकी थिइन ।
सबैलाई थाहा छ कि मिस वर्ल्डमा समावेश सबै प्रतियोगीहरुले कैयौ चरण पार गर्नु परेको थियो । मिस वर्ल्डको लागी जो अन्तिम प्रतियोगी मञ्चमा पुग्छन् उनीहरुलाई त्यहाँ रहेका जजहरुको अगाडि केही सवालको जवाफ दिनु पर्नेहुन्छ । यो प्रतियोगीताको अन्तिम चरण हुनुको साथसाथै धेरै नै विशेष पनि हुन्छ । जजहरु अलग–अलग क्षेत्रका दिग्गज मानिसहरु समावेश हुन्छन् । यस्तैमा प्रतियोगीहरुको जवाफ नै उनीहरुलाई ताज दिलाउने क्षमता राख्दछ ।
सान्यामा शनिवार ८ डिसेम्बर २०१८ को रात जुन समारोह आयोजना गरीयो त्यहाँ पनि यो चरणमा भेनिसाको अलावा कैयौ प्रतियोगीहरु समावेश भए । यो सबैको लागी धेरै नै उत्सुक गर्ने कुरा छ कि आखिर भेनिसालाई के सोधियो र उनले त्यसको के जवाफ दिइन जसले उनलाई मिस वर्ल्ड बनायो ।
वास्तवमा, फाइनल राउण्डमा भेनिसाको पालोमा उनलाई सोधियो कि मिस वर्ल्ड बनेपछि उनी कसरी दोस्रो ब्यक्तिलाई मद्यत गर्नेछिन ? यसको जवाफमा भेनिसाले भनिन कि उनी आफनो पदको त्यसरी नै प्रयोग गर्नेछिन जसरी पछिल्लो तिन बर्षदेखी गर्दे आईरहेकी छिन् । उनको भनाइ थियो “हामी सबैले सबैको ध्यान राख्नुपर्छ, माया गर्नु पर्छ । कुनै ब्यक्तिलाई मद्यत गर्नु कुनै जटिल काम होइन । तपाई जब बाहिर निस्कनुहुन्छ तब कोही न कोही अवश्य भेटिनेछन् जसलाई मद्यतको आवश्यकता छ, र तपाई सधै उसको मद्यतको लाागी तयार रहनुहोस्” । यही त्यो जवाफ थियो जसले भेनिसालाई मिस वर्ल्डको ताज दिलायो । उनको यो जवाफ त्यहाँ रहेका सबै जजहरुलाई उत्कृष्ट लाग्यो ।
भेनिसाको जन्म मेक्सिको को मुआनजुआटो शहरमा ७ मार्च, १९९२ मा भएको थियो । उनी करीब १७४ सेन्टिमिटर अग्ली छिन् । यहाँ उनको उचाईको कुरा गर्न किन आवश्यक छ भने यो प्रतियोगीतामा समावेश महिलाहरुको उचाईले धेरै नै महत्व राख्दछ । उनले यही मे महिनामा मेक्सिको को उपाधि जितेकी थिइन । उनले उक्त समय ३२ प्रतियोगीलाई पछाडी पार्दे ताज पहिरन सफल भएकी थिइन ।
भेनीसाले युनिभर्सिटि अफ गुवानाजुाट ईन्टरनेशनल कमर्शमा डिग्रि गरेकी छिन् । यसको अलावा उनले ह्युमन राइट्समा पनि डिप्लोमा गरेकी छिन् । हाल उनी युवतीहरु त्था स्वयंमसेवकको लागी काम गरीरहेकी छिन भने एउटा रिहाब सेन्टरको निर्देशक मण्डलमा समावेश छिन् । उनको रुची भलिबल खेल्नु र पेन्टिङ गर्नु हो । उनको मुख्य कुरा यो पनि हो कि उनी आदिवासी इलाकाको बच्चालाई अलग–अलग संस्कृतिको शिक्षा दिने नेनेमी नामक स्कुलमा पढाउछिन । उनी अंग्रेजी अलावा स्पेनिस भाषा पनि बोल्छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा