सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनले क्यानडाबाट पक्राउ परेको हुवाई कम्पनिको अधिकारी मेंग वानझोउ (४६) लाई निशर्त छोड्न भनेको छ । वानझोउ टेलिकम कम्पनि हुवाईका संस्थापकका छोरी र मुख्य वित्तिय अधिकारी हुन् । यही विरोधमा शनिवार चिनले क्यानडाको राजदुत जोन म्याककुलमलाई पनि बोलाएको छ । यो जानकारी चिनको स्थानीय मिडियाले दिएका हुन् ।
१ डिसेम्बरमा अमेरीकाको प्रत्यर्पण अनुरोधमा मेंगलाई क्यानडामा पक्राउ गरीएको थियो । मेंग माथि अमेरीकी प्रतिबन्धको नियमलाई तोडेर उनले ईरानसँग ब्यापार गरेको आरोप लागेको छ । उनले हुवाईको सब्सिडिअरी स्काईकम लाई ईरानमा ब्यापार शुरु गरेकी थिइन । हुवाईका संस्थापक चीनको कम्यूनिष्ट सरकारको नजिकका हुन् ।
पछिल्लो समय ईरानसँग अमेरीकाको सम्बन्धमा राम्रो भईरहेको छैन । जसको कारण अमेरीकाले आर्थिक प्रतिबन्ध लगाएको छ । यता चिनसँग पनि अमेरीकाको ब्यापार युद्ध चलिरहेको छ जुन जी–२० को वार्तापछि ९० दिनको लागी रोकिएको छ । अमेरीका लामो समयदेखी हुवाई कम्पनिलाई राष्ट्रिय सुरक्षाको खतरा बताउदै आएको छ । यो भन्दा पहिला पनि अमेरीका हुवाईलाई कैयौ पटक सचेत गराइसकेको छ कि उ यी प्रतिबन्धलाई नगरोस ।
सि जिंनपिग का नजिकका मानिन्छन् रेन जेंगफेई
हुवाई कम्पनिका संस्थापक रेन जेंगफेई हुन् । उनी चीनको पार्टी पीपुल्स लिबरेशन आर्मी (पीएलए) मा ईन्जिनियरको रुपमा काम गरिसकेका छन् । उनको कम्पनि चीनको कम्युनिष्ट पार्टीसँग नजिकको सम्बन्ध मानिन्छ । हालैमात्र ब्यापार युद्धमा केही सुधार आएपनि यो पक्राउले अमेरीका र चीन विचको सम्बन्धमा गहिरो असर पर्न सक्ने देखिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा