सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, मंसिर २३ । राष्ट्रिय अभिलेखालयमा ८ सय ९४ रामायण संग्रहित रहेका छन्। अभिलेखालयमा रहेको रामयणमध्ये सभभन्दा पुरानो शक सम्बत १०७६ अर्थात विक्रम सम्मत १२११ तिरहुतका राजा गाङ्यदेवको पालाको हो।
अभिलेखालयले हालसम्म रहेको मौलिक प्रकृतिका रामायणमध्ये २ सय २२ वटालाई माइक्रोफिल्म र किताबमा संग्रहित गरी रोखेको छ। संग्रहित भएका २ सय २२ रामायणको सम्पूर्ण सामाग्री अभिलेखायमा सुरक्षित रहेको अनुसन्धान अधिकृत मनिता न्यौपानेले जानकारी दिइन। उनका अनुसार विभिन्न प्रकारका ६ सय ७२ रामायणको कपी माइक्रोफिल्ममा मात्र राखिएको छ। ती रामायणको विषयमा अनुसन्धान भइरहेको खबर नेपाल समाचारपत्र दैनिकमा खबर छ।
अनुसन्धानकर्ताले नेपालका विभिन्न जिल्लामा पुगेर रामायण संकलन गरेका थिए। अभिलेखालयले यो वर्ष नेवारी लिपिमा लेखिएको रामायाणको पुस्तक छपाइ गर्ने तयारी गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा