सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । चीनको सान्यामा आयोजना भएको ६८ औ मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनीसा पोन्सी डि लीओन ले मिस वर्ल्ड २०१८को ताज पहिरन सफल भएकी हुन् ।
त्यस्तै थाइल्याण्डकी प्रतियोगी सुन्दरी निकोलिन पिचापा लिमस्नुकान उप–विजेता भइन् । शिर्ष पाँचमा बेलारुसकी मारिया वासिलेविच, जमैकाकी कदीजा रबिन्सन र युगांडाकी क्विन एबेनाक्यो पनि सहभागी थिए ।
११८ जना विश्वभरीका सुन्दरीहरुलाई पछि पार्दे भेनिसा पोन्स डि लिओन उत्कृष्ट बन्दै उपाधि हात पारेकी हुन् ।
टप १२ सम्म पुग्न सफल मिस नेपाल श्रृखला खतिवडा टप ५ मा स्थान बनाउन सकिनन् ।
चीनको सान्य शहरमा भएको कार्यक्रममा मिस वर्ल्ड २०१७ मानुषी चिलरले मिस वर्ल्ड २०१८ भेनीसालाई ताज पहिराइदिएकी थिइन।
मिस वर्ल्ड चुनिसकेपछि भेनीसाले आफुलाई विश्वास नलागेको बताइन । उनले यो ताजको हकदार सबै युवतीहरु भएको र यी सबै युवतीहरुको प्रतिनिधित्व गर्न पाउदा गर्व महशुस गरेको बताइन ।
७ मार्च १९९२ मा जन्मेकी भेनीसा फुल टाइम मोडल हुन् । यो ताज पहिरिएसँगै उनी देशको पहिलो मिस वर्ल्ड बनेकी छिन् ।
भेनीसालाई ५ मे २०१८ मा मिस मेक्सिको चुनिएको थियो । उनले उक्त समय ३२ प्रतियोगीलाई पछाडी पार्दे ताज पहिरन सपल भएकी थिइन । भेनीसाले युनिभर्सिटि अफ गुवानाजुाट ईन्टरनेशनल कमर्शमा डिग्रि गरेकी छिन् । यसको अलावा उनले ह्युमन राइट्समा पनि डिप्लोमा गरेकी छिन् । हाल उनी युवतीहरु त्था स्वयंमसेवकको लागी काम गरीरहेकी छिन भने एउटा रिहाब सेन्टरको निर्देशक मण्डलमा समावेश छिन् । उनको रुची भलिबल खेल्नु र पेन्टिङ गर्नु हो ।
Miss World | 2018WE HAVE A NEW MISS WORLD !!THE 68TH MISS WORLD TITLE GOES TO: Mexico Vanessa Ponce de LeonMiss…
Posted by Miss World on Saturday, December 8, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा