सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडका प्रख्यात गायक मीका सिंहलाई अबु धाबी (दुबई) मा पक्राउ गरीएको छ । उनीमाथि एक नावालिकालाई अश्लिल तस्विर पठाएको आरोप लागेको छ । रिपब्लिकको खबर अनुसार, मीकामाथि ब्राजीलको १७ बर्षकी एक किशोरीलाई यौन शोषण गरेको आरोप लागेको छ । साथै किशोरीले उनीमाथि अश्लिल तस्विर पठाएको आरोप पनि लगाएकि छिन् । मिकालाई हाल दुबईको मुरक्काबात पुलिस थानामा राखिएको छ । मीकालाई आज विहान ३ बजे दुबईको बुर शहरबाट पक्राउ गरिएको हो ।
दुबई पुलिसले मिका सिंहलाई पक्राउ गरेको पुष्टि गरेको छ । मिका दुबईमा एक बलीउड इभेन्ट गर्नको लागी गएका थिए । खबर अनुसार, मिका सिंह जेल जाने वित्तिकै उनका कैयौ साथीहरु उनलाई छुटाउन लागीपरेका छन् ।
मिका सिंह यो भन्दा पहिला पनि कैयौ कन्ट्रोभर्सलमा फसीसकेका छन् । २०१५ मा मिकालाई दिल्लिको एक डाक्टरलाई एक इभेन्टमा थप्पड हानेको आरोपमा पक्राउ गरीएको थियो । भने, २००६ मा मस्टकन्ट्रोभर्सियल क्विन राखी सावंतले मुम्बईमा एक बर्थडे सेलिब्रेशनमा मीकाले उनलाई जबरजस्ति किस गरेको आरोपमा मिकामाथि मुद्धा दर्ता गराएकी थिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा