सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भगवान तथा धर्मको बारेमा लेखिएको प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइन को पत्र अमेरीकामा एक नीलामीमा २८.९ लाख डलर (करीब ३२ करोड रुपैया) मा विकेको छ । आइन्स्टाइन ले आफनो मुत्युभन्दा १ बर्ष पहिला ३ जनवरी, १९५४ मा यो पत्र जर्मनीको दार्शनिक एरिक गटकाइंड लाई लेखेका थिए ।
निलामी घर क्रिस्टीले भनेका छन कि यो पत्रमा आइन्स्टाइन ले धर्म र दर्शनलाई लिएर आफनो विचारलाई पुरै ब्यक्त गरिएको छ जसले यसलाई महत्वपुर्ण बनायो । गटकाइंडले आइन्स्टाइन लाई आफनो किताब चूज लाइफः द बाइबलि कल टु रिभेल पढ्नको लागी दिएका थिए ।
यो किताबलाई पढे पश्चात आइन्स्टाइन ले पत्रमा उनलाई लेखे , “ईश्वर शब्द मेरो विचारमा अरु केही होइन केबल मानवको कमजोरीको प्रतिक हो । जककि बाइबिल प्राचीन दन्तकथाहरुको संग्रह हो । कसैले पनि मेरो यो विचारलाई परिवर्तन गर्न सक्दैन ।”
आफनो यो पत्रमा उनले १७ औ शताब्दिको दार्शनिक बारुच स्पिनोजासँग केही हदसम्म सहमत हुने कुरा पनि राखेका छन् । स्पिनोजा कुनै मानवरुपी ईश्वरमा होइन बरु प्रकृतिको सुन्दरताको लागी जिम्मेदार र सृष्टिलाई सञ्चालित गर्ने ईश्वरमा विश्वास गर्दथे, जुन निराकार छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा