सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
युएई, मंसिर १७। यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर पुनः एक महिना थप गरेको छ ।
अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन्। युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको हो ।
हाल सम्म आममाफी प्रकृयामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सख्या धेरै रहेको छन्।
आममाफीको लागि कहाँ कहाँ सम्पर्क गर्ने ? : अवैध भएका कामदारले पछिल्लो भिसा जुन इमिरेट्सबाट जारी भएको हो सोही त्यही इमिरेट्सबाट आममाफी पाउने छन्। ती इमिरेट्समा रहेका एम्नेस्टी सेन्टरमा सम्पर्क गरी आवेदन दिन सक्ने छन्।
त्यसका लागि अवुधावीको लागि शाहमा, अल एन र पश्चिम अवुधावीको अल घार्वियामा रहेका इमिग्रेसन अपिसमा सम्पर्क गर्नुपर्ने छ।
त्यस्तै दुबईका लागि अल अवीर मा रहेको इमिग्रेसन अपिसमा पुग्नुपर्ने छ। त्यस्तै अन्य इमिरेट्समा रहेकाहरूले इमिरेट्सको मुख्य इमिग्रेसन कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा