सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १८ । चर्चित लेखक सुबिन भट्टराईको बहुचर्चित पुस्तक ‘समर लभ’मा निर्माण गरिएको चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘साया’ बोलको गीतमा स्वर पुष्पन प्रधान र बानीका प्रधानको रहेको छ। गीतमा शब्द र सङ्गीत पुष्पनको रहेको छ।
यो चलचित्रबाट ‘अतित’ को भूमिकामा टीभीसी र पेपर एडमा प्रस्तुत भइसकेका मोडल आशिष पियाले डेब्यु गरेका छन् भने ‘साया’को बोल्ड भूमिकामा रेवती क्षेत्रीले अभिनय गरेकी छिन्।
उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन्। समर लभ युवापुस्ता माझ निकै चर्चित पुस्तक हो। चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ।
मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ। चलचित्रलाई मान कृष्ण महर्जनले छायाङ्कन गरेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा