सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, मङि्सर १७। कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य रहेकाे बताए। परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको मुख्यमन्त्री शाहीले बताएका छन्।
एसियाली विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अबको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताए।
कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री शाहीले एसियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव समेत दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा