सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२.० फिल्मको शुरुवाती आकडा धेरै नै उत्साहजनक छ । रजनीकांतको फ्यानहरुले दक्षिण भारतमा उनको फिल्मलाई धमाकेदार शुरुवात त दिएका छन नै डब फिल्मले उत्तर भारतमा पनि फिल्मको ब्यापार राम्रै रह्यो ।
पहिलो दिनको कलेक्शनमा २.० ले बाहुबलीलाई पछाडी पार्न सफल त हुन सकेन तर यसको बाबजुद यसले कैयौ हिट फिल्महरुलाई मात दिएको छ । यो बर्ष सबैभन्दा धेरै ओपनिङमा अहिलेसम्म आमिर खानको ठग्स अफ हिन्दुस्तान थियो तर रजनीकांत २.० को कमाई उसको भन्दा बढि रह्यो । अब २.० को नाममा अर्को एउटा रेकर्ड पनि जोडिएको छ ।
रजनीकांत र अक्षय कुमारको यो फिलमले वल्र्ड वाइड कलेक्शनमा हलीउड फिल्म “फ्यानटास्टिक बीस्ट” लाई पछाडि पारेको छ । ट्रेड एनालिस्ट रमेश बालाले ट्विट गर्दे २.० ले ४ दिनमा ४०० करोडको आकडा पार गरेको जानकारी दिएका छन् । यसरी यो फिल्म नंम्बर १ फिल्म बनेको छ । जककि “फ्यानटास्टिक बीस्ट” दोस्रो नंम्बरमा छ यसले विश्वभरबाट ३६० करोड कमाएको थियो ।
रमेश बालाको अनुसार शुरुवाती आकडाको अनुसार आइतबार चौथो दिन २.० ले करीब ३२ करोड भारु को ब्यापार गरेको थियो । पहिलो दिन जहाँ फिल्मले हिन्दि भर्सनमा २ण्.२५ करोड भारु कमायो भने दोस्रो दिन यानी शुक्रबार १९ करोड भारु कमाउन सकेको थियो ।
निर्देशक शंकरको निर्देशनमा बनेको २.० मा वीएफएक्स र ग्राफिक्समा धेरै नै काम गरेका छन् । फिल्मको बजेट ६०० करोड भारु हो । साथै फिल्मलाई तामिल, तेलुुगु र हिन्दि गरी कुल ६८०० स्क्रीन्समा रिलिज गरिएको छ । फिल्ममा यति धेरै पैसा खर्च हुदा निर्माताले अन्य पैसा पनि निकाल्न परेको थियो । सबैभन्दा पहिला ती साइटहरुलाई ब्लक गराइयो जसबाट फिल्म लिक हुने डर थियो । मद्रास हाईकोर्टले १२००० वेबसाइट ब्लक गर्ने आदेश दिएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा