सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
घुम्ने डुल्नेको शोक कस्लाई हुदैन र ? आजकाल सबैमा ट्राभल शोक बढ्दै गईरहेको छ भने युवाहरुमा सोलो ट्राभल क्रेज झन झन बढिरेहेको छ । तर विश्व घुम्ने शोक राख्ने एक महिला पनि छिन जो पुरै विश्व घुम्न एक्लै निस्किन र उनले करिब १९६ देश घुमिसकेकी छिन् । मुख्य कुरा के छ भने यात्राको दौरान उनको सबै पैसा सकियो तर उनले आफनो यात्रा समाप्त गरीनन् ।
कैसी २९ बर्षकी अमेरीकन युवती हुन् । पेशाले कैसी लेखक र ट्राभलर हुन् । कैसी विश्वको हरेक कुनामा घुम्न चाहन्छिन । १८ महिनामा १९६ देश घुमिसकेकी कैसी भन्छिन यो त केबल यात्राको शुरुवात हो । यो यात्रा कहाँ गएर समाप्त हुन्छ मलाई नै थाहा छ्रैन । उनले यो सँगै सबैभन्दा छिटो ट्राभलरको रेकर्ड पनि बनाइसकेकी छिन् । कैसीले आफनो यात्राको दौरान ४० देशमा १६ हजार युनिभर्सिटिको यात्रा गरेकी छिन् । फरक–फरक देशका बच्चाहरुसँग भेट गनुृ र उनीहरुको रहनसहन बुझ्नु कैसीको लागी राम्रो अनुभव रह्यो । यद्यपी, यती लामो यात्राको कुनै पनि लक्ष्य थिएन ।
यात्राको दौरान एउटा यस्तो समय आयो जब कैसीको पैसा सकियो, तर उनले हार मानिनन् र उनी घुमिनै रहिन । केही ब्यक्तिहरुले उनलाई सहयोग पनि गरे जसको कारण उनको यात्रा विचैमा रोकिएन । कैसी यात्रासँगै योगा र प्रकृति प्रति पनि झुकाव राख्छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा