सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यदी तपाई पनि हरेक आमा–बुबा जस्तै सानो उमेरदेखी आफनो बच्चाहरुको सफलतालाई सुनिश्चित गर्न चाहनुहुन्छ भने उनीहरुमा अहिलेदेखी नै यी पाँच बानी विकसित गर्नुहोस् । सबै आमा बुबाको यो चाहना हुन्छ कि उनीहरुको बच्चाको भविष्य उज्जवल बनोस । जसको लागी उनीहरु लगातार हरेक सम्भव कोशिश पनि गरीरहन्छन् । तपाई पनि आफनो बच्चाको भविष्य सुरक्षित र सफल बनाउन चाहनुहुन्छ भने यो बाल दिवसमा बच्चाहरुसँग यी पाँच वाँचा अवश्य लिनुहोस् ।
टिभि कम हेर्न
बच्चाहरु आजकाल टिभीमै पुरा दिन केबल कार्टुन वा फिल्म नै हेरिरहन्छन् । उनीहरुको वाहिरी क्रियाकलाप कम हुदा उनीहरुको शरीर विकास पनि राम्रोसँग हुन पाउदैन । यो बाल दिवसमा बच्चाहरुलाई टिभि कम हेर्ने वाचा गराउनुहोस र खेलकुद तिर आफनो रुची बढाउन प्रेरित गर्नुहोस् ।
मोबाइललाई सम्झनुहोस् दुश्मन
आजकालका बच्चाहरुको लागी मोबाइल कुनै लत भन्दा कम छैन । पुरै दिनभर पनि मोबाइलका विभिन्न एप्लीकेशनको प्रयोग गरीरहन्छन् । हालैमात्र ब्लु व्हेल नामको एउटा गेमले कैयौ बच्चाहरुको ज्यान समेत लिएको छ । समय, आँखा र दिमाग सबै खराव गर्ने यो दुश्मनबाट बच्चाहरुलाई टाढा राख्नको लागी उनीहरुलाई बाँचा गराउनुहोस कि उनीहरु आफु नभएको समय कहिले यसमा हात पनि नलगाउनु भनेर ।
हरेक घटनाको जानकारी दिने वानी
बच्चाहरुमाथि भएका हरेक दिनका अपराधहरु प्रति सजगता अपनाउनको लागी उनीहरुसँग बाँधा लिनुहोस कि उनीहरुले स्कुल, कलेज वा साथीहरुको सबै कुरा तपाईसँग अवश्य शेयर गनुपर्छ भनेर । बच्चाहरुलाई भन्नुहोस कि तपाई उनीहरुको साथी हो र आफनो साथीलाई कुरा लुकाउनु राम्रो कुरा होइन । बच्चाहरुबाट पाएका जानकारीले पनि तपाई आफनो बच्चाहरुमाथि हुने कुनै घटनाहरुलाई रोक्न सक्नुहुनेछ ।
अपरिचित ब्यक्तिसँग कुरा नगर
बच्चाहरुलाई सम्झाउनुहोस कि उनीहरुले सडकमा भेटिएका कुनै अपरिचित ब्यक्तिहरुसँग कुराकानी नगर्नु । उनीहरुलाई सम्झाउनुहोस कि अपरिचित ब्यक्ति जस्तै गार्ड, ड्राइभर, माली सबैसँग अलि टाढै बस्नु ।
पढाई प्रति ध्यान राख
बच्चा सानो होस वा ठुला पढाई हरेकलाई बोरिंग लाग्छ । यो बाल दिवसमा बच्चाहरुसँग यो वाधा लिनुहोस कि उनीहरु आफनो पढाईमा पुरा ध्यान लगाउनेछन् । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउछ भन्ने पुर्ण ज्ञान उनीहरुमा जागृत गराउनुहोस् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा