सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक ३०,अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल दुबई प्रस्थान गरेका छन्।आईजीपी खनालसँगै महासभामा सिआईबीका डिआईजी निरज शाही र नेपाल प्रहरीको ईन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन्।
दुबईमा यहि मङ्सिर १ गते देखी ४ दिनसम्म चल्ने महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने बताइएको छ।महासभाले संगठनको रिक्त रहेको अध्यक्षलगायत अन्य पदको समेत पूर्तिसमेत गर्ने भएको छ। महासभामा कोशोभा, किरिबाटी र भानुआटुले सदस्यताको लागि दिएको निबेदनमाथि समेत निर्णय हुने जनाइएको छ।
आईजीपी खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक लगायत वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हार्दिक विदाई गरेका थिय।आईजीपी सर्बेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नेछन्।आईजीपी खनाल मङ्सिर ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा