सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, कार्तिक ३० । संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ । जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज्ञान विज्ञान केन्द्रको संयुक्त आयोजनामा क्याम्ब्रिज विश्वविद्यालय/सेन्ट जेम्स बेलायतद्वारा नेपालमा संस्कृतको विशेष परीक्षासम्बन्धी अन्तरक्रियामा सहप्रा डा श्रीराम अधिकारीले हिन्दू विद्यापीठ र थलीका १५–१५, डिएभी सुशील केडियाका २० र कान्तिभैरव गुरुकुल गोकर्णेश्वरका सात विद्यार्थीले संस्कृतको विशेष परीक्षा उत्तीर्ण गरेको जानकारी दिए ।
यस वर्ष देवघाटका तीन , पोखराका दुई र बनेपाका एक गुरुकुलका विद्यार्थी सहभागी हुनेछन् । सो परीक्षामा गुरुकुलका विद्यार्थीले राम्रो स्थान हासिल गरेपछि विश्वविद्यालयका अध्यापक गुरुकुलमा यो कार्यक्रम लैजान लागिपरेका छन् ।
परीक्षामा संस्कृत प्रश्नको उत्तर अङ्ग्रेजीमा, अङ्ग्रेजी प्रश्नको उत्तर संस्कृत भाषामा दिनुपर्छ । परीक्षामा सहभागी हुने तरीका र विश्वमा बढ्दै गएको संस्कृत भाषाप्रतिको आकर्षणका बारेमा विश्वव्यापी संस्कृत अभियानकर्मीद्वय नर्मन डा र हेलेनले दिगो खुशी एवं शान्ति प्राप्तिका लागि संस्कृत भाषा सहयोगी भएको अनुभव सुनाए । दुवै अभियानकर्मी क्याम्ब्रिज विश्वविद्यालयमा संस्कृत प्राध्यापन गर्छन् ।
पूर्वसचिव कृष्ण ज्ञवालीले जातिभेद अन्त्य गरी सबै जातजाति एवं भाषाभाषीका समुदायलाई संस्कृत भाषा पढ्न पे्ररित गरिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षाका परम्परा’ विषयको प्रस्तुति दिएका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा