सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, कात्तिक ३०। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उनले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित हुनुपर्छ भन्दै राज्यलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्र झन जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
उनले सत्य र तथ्ययुक्त समाचार सम्प्रेषण गरेर असल समाज निर्माण गर्न पत्रकारिता क्षेत्रको भूमिका अग्रणी छ भन्दै जिम्मेवार पत्रकारिताका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तयार रहेको बताए ।
प्रदेशसभाका सदस्य जयराम यादवले विकासमा जनसहभागिता बढाउन र दण्डहीनतालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले समृद्ध, आधुनिक र विकसित समाज निर्माण गर्न पत्रकारिता क्षेत्र इमान्दार बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति बन्धु पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, प्रदेश नं १ का प्रहरी प्रमुख केदार रिजाल, राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल प्रमुख मोहनदेव जोशी, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति विक्रम लुइँटेललगायतले दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा