सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कात्तिक ३०। काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनीयर राम थापाले बताए । उनका अनुसार विश्व सम्पदा क्षेत्र आसपासका सडकमा मौलिक स्वरुपमा जोड दिइएको हो । उनले भने– ‘असन, इन्द्रचोकका भित्री सडकमा ढुङ्गा र इँटा छापिएको हो ।’
पर्यटकको आगमन बढी भएका स्थानका सडकलाई मौलिक स्वरुपमा निर्माण गर्न लागिको महानगरपालिकाले जनाएको छ । सम्पदा क्षेत्रका भौतिक पूर्वाधारमा सकेसम्म मौलिकता कायम गर्ने काम भइरहेको छ । इञ्जीनियर थापाले भने, ‘सम्पदा क्षेत्रमा मौलिकता कायम गर्दा पर्यटकका लागि आकर्षित हुनेछ ।’
कामपाले चालू आव २०७५÷७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।
कामपाभित्र करीब एक हजार ४५० किमी पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किमी छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा