सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संखुवासभा, कात्तिक ३०। जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक अभावका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो। अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो।
डा. युवराज बस्नेतले दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेका थिए। डा. शैलिका श्रेष्ठ पनि बिदामा छिन्। सोमबार खाँदबारी नगरपालिका–४ का प्रसूति सेवाका लागि बिरामी ल्याएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि उहाँ समस्यामा परिन्।
अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावका कारण अन्यत्र लान नसकेको उनको गुनासो छ। उनी मात्र होइन प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्किने गरेका छन्।
जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन। अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुग्ने बताए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा