सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, कात्तिक ३०। प्रदेश नं. १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले विराटनगरमा भइरहेका विकास र निर्माणका विषयमा चासो देखाएका छन्। विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहीबार उनले आफ्नै कार्यालयमा बोलाएर यहाँ भइरहेका गतिविधिका बारेमा जानकारी लिएका हुन्।
विराटनगर प्रदेश नं. १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले यहाँको गतिविधिबारे जानकारी लिनका साथै विराटनगरलाई नमूना शहर बनाउन उनले सुझाव दिएको महानगर प्रमुख पराजुलीले जानकारी दिए ।
विराटनगर विकासको बाटोमा लम्कीसकेको चर्चा गर्दै उहाँले विराटनगर महानगरभित्र भ्यू टावर, विराट राजाको दरवार, ४०० किमी सडक कालोपत्र, वैकल्पिक मार्ग विस्तार, स्वच्छ खानेपानीका लागि जाइकासंगको सहकार्य, खेलमैदान निर्माणलगायत कार्यक्रम अगाडि बढिरहेको पनि अवगत गराइएको बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा