सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ३० । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।
नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।
त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक-पटक विवाद पनि हुँदै आएको थियो ।
तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ । यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् ।
उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा