सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महेन्द्रनगर, कार्तिक ३० । छोरीका निम्ति न्यायको खोजी गर्दै २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा चिसोका कारण बिरामी परेका हुन् ।
बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए । उनिहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले बताए । उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ ।
खाना कम खाने, चिसोमा धर्ना बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । निर्मलाका बुबाआमाको दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा