सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २९ । दिल्ली डेयरडेभिल्सले नेपालका लेग स्पिनर सन्दिप लामिछानेसहित १४ जनालाई रिटेन गरेको छ । दिल्लि डेयरडेभिल्सले आफनो अफिसियल वेभसाइट मार्फत २०१९ मा हुने आईपीएलको लागी उनलाई पुन टिममा स्थान दिएको हो ।
२०१८ मा दिल्लि डेयरडेभिल्सको कप्तानी सम्हालेका गौतम गम्भिर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई सहित १० जना खेलाडी खेलाडीहरुलाई २०१९ आईपिएलको लागी मुक्त गरेको छ भने शिखर धवन, विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदीम लाई आफनो टिममा समावेश गर्ने भएको छ ।
आईपिएल २०१८ मा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
⚠ SQUAD UPDATE ⚠Here's the list of players retained by #DD ahead of the VIVO IPL 2019 Player Auction!#DilDilli #Dhadkega
Posted by Delhi Daredevils on Thursday, November 15, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा