सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २९ । सरकारले पूर्वराजा वीरेन्द्रका परिवारसहित सम्पुर्ण सदस्यकोको नाममा रहेको करिब ७१ रोपनि जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याउने भएको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गएको आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा भएका निर्णयहरु आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दे उक्त निर्णय सुनाएका हुन् ।
बास्कोटाले आइतबार भएका २२ ओटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए साथै सरकारले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई तीन महिनाको समयसीमा राखेर फिर्ता गर्ने र उहाँको ठाउँमा अञ्जान शाक्य शिफारिस गरेको जानकारी दिए ।
त्यस्तै, सरकारले पूर्वराजदूत निलाम्बर आचार्यलाई भारतका लागि आवासीय र अफगानिस्तान र भुटानका लगि गैर आवासीय राजदूत शिफारिस गरेको छ भने
पूर्वराजदूत उदयराज पाण्डेलाई मलेशियाका लागि आवासीय तथा इण्डोनेशिया र ब्रुनाईका लागि गैर आवासीय राजदूत शिफारिस गरेको छ ।
यसै क्रममा कृष्णप्रसाद भेटवाललार्इ यूएईका लागि आवासीय राजदूत शिफारिस भएका छन् भने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर रार्इ मन्त्रालय फिर्ता बोलार्इएका छन् ।
यस्तै कर्मचारी समायोजन गर्न बनेको अध्यादेशमा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गरेको छ । यसैगरी बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुअब्जा वितरण पुर्नवास तथा पुनस्थापना इकाइको कार्यविधि १ बर्ष थप्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।
सर्लाहीका कांग्रेस कार्यकर्ताको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा