सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल तस्वीर
नवलपरासी, कात्तिक २९ । भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगन्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशंकामा उद्धार गरिएको हो ।
स्थानीय एक सुनिता गुरुङलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेत लैजाने लोभमा दिल्ली पुर्याउन लागेको सूचना पाएपछि सुनिताको घरबाट प्रहरीचौकी रामनगरको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
प्रहरी निरीक्षक केदार बस्नेतकाअनुसार उद्धार गरिएका महिलाले दिल्लीको बाटो हुँदै कुवेत पठाउने भन्दै आफूहरुलाई त्यहाँ राखिएको बताएका छन् ।
प्रहरी नियन्त्रणमा रहेकी सुनिताले नवलपरासीमा बसेर महिलालाई भारत पठाउँदै आएको र एकजना महिलालाई पठाएबापत रु १० हजार लिने गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा