सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा, कात्तिक २९। बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए ।
दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीररहेको प्रहरी प्रमुख भाटले बताए । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा करिब पाँचसय मिटर तल खसेको प्रहरीको भनाइ छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा