सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानका पुर्व क्रिकेटर शाहिद अफरीदीले जम्मु–काश्मीरलाई लिएर ठुलो बयान दिएका छन् । अफरीदीले लण्डनमा भनेका कि पाकिस्तानले हाल काश्मिरको चिन्ता गर्नु आवश्यक छैन, पाकिस्तानले आफनो चार प्रान्तलाई ध्यान दिन आवश्यक छ । ३८ बर्षिय अफरीदीले ब्रिटिश पार्लियामेन्टमा छात्राहरुलाई सम्बोधन गर्दे गर्दा उक्त भनाई राखेका हुन् ।
शाहिद अफरीदीको बयानमा भनेको भिडियो पनि सोशल मिडियामा भाइरल भएको छ । यो भिडियोमा शाहिदले भनेका छन् कि “मेरो विचारमा पाकिस्तानलाई काश्मीरको आवश्यकता छैन । यद्यपी, यो भारतलाई दिइन हुदैन । काश्मीरलाई स्वतन्त्रता दिनु पर्दछ जसले कमसेकम मानवता त जिउँदो रहन्छ । मानिसहरुलाई मर्न नदिउँ । त्यहाँ मानिसहरु मरिरहेका छन्, यो दर्दानाक हो , कुनै पनि समुदायको कुनै पनि ब्यक्ति मर्छ भने यो धेरै ठुलो पिडाको विषय हो “।
जानकारी अनुसार, यो भन्दा पनि पहिला शाहिद अफरीदीले काश्मीरलाई लिएर बयान दिदै आएका छन् । उनले यो बर्ष अप्रिलमा पनि काश्मीरमा मारीएका आतंककारीलाई लिएर ट्विट गरेका थिए । उनले ट्वीट गर्दे भनेका थिए कि काश्मीरको स्थिति भयावह र चिन्ताजनक छ । यहाँ आत्म निर्णय र स्वतन्त्रताको आवाजलाई दवाउनको लागी दमनकारी शासनद्धारा निर्दोशलाई मारिन्छ । संयुक्त राष्ट्र र अन्य अन्तराष्ट्रिय संगठन कहाँ छ ? यो संस्थाले यो रक्तपातपुर्ण संघर्षलाई रोक्नको लागी किन केही गरीरहेको छैन ?
शाहिदको यो बयानपछि उनलाई सोशल मिडियामा धेरै नै ट्रोल गरिएको थियो । भारतीय क्रिकेटर गौतम गंभीर सहित प्राय सेलिब्रेटिहरुले अफरीदीको आलोचना समेत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा