सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २८। महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ।
राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको रुपमा घुस माग्दा अख्तियारले १ लाख ४० हजार रुपैयाँ नगदसहित एक महिना अघि नियन्त्रणमा लिएको थियो।
डिएसपी राईलाई बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा