सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मेलम्ची, कात्तिक २८। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ । विज्ञप्तिमार्फत दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारवाहीको माग गरिएको छ ।
तामाङलाई आफ्नै भाइले आक्रमण गर्दा घाइते भएका थिए । बाटोको विषयलाई लिएर इन्द्रावती गाउँपालिका–५ बस्ने ३२ वर्षीय अणबहादुर तामाङले दाजुलाई बियरको बोतलले हिर्काएका थिए । टाउकामा चोट लागेर घाइते भएका सदस्य तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा