सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रसिद्ध अमेरीकी पप गायक माइकल ज्याक्सन यो दुनियामा नरहेता पनि उनलाई चाहने विश्वभरी नै छन् । उनको गित र डान्स गर्ने अलग र विशेष पहिचानले मानिसहरुको मन मस्तिष्कमा अहिले पनि उनी ज्यूउदो रहेको आभास हुन्छ । उनको कालो ज्याकेटको त हरेक पप गीत प्रेमी पागलै थिए
। माइकल ज्याक्सनको कालो ज्याकेट ब्याड लाई शनिवार निलामी गरीयो । तपाईलाई अचम्म लाग्न सक्छ कि माइकलको यो ज्याकेटलाई २.९८ लाख डलरमा बेचियो भनेर । यो ज्याकेटलाई माइकलले आफनो पहिलो टुरमा लगाएका थिए ।
न्यूयोर्कको एक संस्थाले माइकल ज्याक्सनको यो कालो ज्याकेट निलामीको लागी राखेको थियो । यो ज्याकेटको रिजर्भ मुल्य १ लाख डलर राखिएको थियो । १९८७–८९ मा विश्व भ्रमणमा निस्किएका माइकल ज्याकसनले यो ज्याकेटलाई विशेष तरिकाले डिजाइन गराएका थिए भने उनले आफनो यो टुरको नाम “Bad” world concert tour राखेका थिए । यो पुरै टुरमा ज्याक्शनले हरेक आयोजनामा लगाए । त्यसैकारण यो ज्याकेटको नाम पनि ब्याड रहन गयो । २०११ म माइकलको रातो लेदर ज्याकेट “थ्रिलर” लाई १.८ बिलियन डलरमा निलाम गरिएको थियो ।
माइकल ज्याक्सनको २००९ मा लस एजल्समा ५० बर्षको उमेरमा निधन भएको थियो । ज्याक्सनको ‘ब्याड’ ज्याकेटलाई टेक्सासका एक ब्यापारी र समाजसेवी मिल्टन वेरेटले १०० अन्य स्मरणिय बस्तुहरुसँगै निलाम गरीएको थियो ।
माइकल ज्याक्सनको ब्याडले तोडेको थियो रेकर्ड
माइकल ज्याक्सनको एल्बमले आफनो समयको विक्रिको सबै रेकर्ड ध्वस्त गरेको थियो । उनको सबैभन्दा धेरै विकेको एल्वम मध्ये ‘अफ द वाल’ (१९७९), ‘ब्याड’ (१९८७), ‘डेन्जरस’ (१९९९१) र ‘हिस्ट्री’ (१९९५) प्रमुख हुन् । १९८२ मा आएको उनको ‘थ्रिलर’ उनको अहिलेसम्मको सबैभन्दा धेरै विक्ने एल्वम मानिन्छ ।
१९८० को प्रारम्भिक बर्षमा नै ज्याक्सन अमेरीकी पप गायकी र मनोरञ्जन दुनियाको सबैभन्दा लोकप्रिय गायक बनीसकेका थिए । माइकलको लोकप्रियतालाई देखेर उनलाई “किंग अफ पप” को नामबाट विश्वभर चिनिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा