सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २८ । सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयबाट यो प्रयोजनका लागि नौ करोड रुपैयाँ आइसकेको गृह मन्त्रालयको विभूषण शाखाले जनाएको छ।
गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्तले विभिन्न मानपदवीबाट सुशोभित भएकाका लागि तक्मा बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए। महाशाखाका अनुसार सुन र चाँदी राष्ट्र बैंकसँग खरिद गरिनेछ। हीरा भने प्राइभेट कम्पनीसँग टेन्डर गरी खरिद गरिनेछ। सबै तक्मा घरेलु कार्यालयअन्तर्गतका कालीगढले बनाउने सहसचिव पन्तले बताए।
तक्मा तथा पदकमा जलप लगाउने कार्य भने राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखा सुन्धाराले गर्नेछ । सरकारले प्रदान गर्ने मानपदवी तथा अलंकारमा नेपाल रत्न, राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवाश्री गरी विभिन्न श्रेणीका तक्मा छन्। ती तक्मा बनाउन प्रतितक्मा ५० हजारदेखि १३ लाख रुपैयाँसम्म खर्च हुने गृह मन्त्रालयले जनाएको छ। सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपाल रत्न बनाउन मात्रै १३ लाख रुपैयाँ खर्च लाग्नेछ। गृहका अनुसार केही विभूषण चार लाखदेखि १० लाखका छन्। दुईदेखि तीन लाख रुपैयाँसम्मका धेरै विभूषण छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा