सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कात्तिक २८ । आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ ।
सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ । अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन ।
दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानामा कार्वोहाइडेटको मात्रा बढि,चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुन्छ ।
कम शारिरीक श्रम, फास्टफुड, चिल्लो गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण गाउँकालाई भन्दा सहरमा बस्ने मानिसलाई मधुमेह बढी हुने गरेको पाईएको छ । बेलैमा नियन्त्रण राख्न नसकेमा मधुमेहले आँखा, मुटु, मिर्गौला र नसाहरुमा नराम्रो असर पार्न सक्ने चिकित्सकहरुको भनाई छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा