सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २७ । ज्योति विकास बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाल र एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको एलआईसी नेपालका बैंकासुरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जानकारी दिइन।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै एलआईसी नेपालका बिमा योजना तथा बिमा सेवा सजिलैसँग ज्योति विकास बैंकका सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा