सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको सबैभन्दा ठुलो र पहिलो सुपर कम्प्युटरले काम गर्न शुरु गरेको छ । वैज्ञानिकहरुको अनुसार यसले मानविय दिमाग सरह काम गर्छ र केबल १ सेकेण्डमा २० हजार करोड भन्दा बढि कमाण्ड एक पटकमा नै गर्न सक्दछ । यसलाई ब्रिटेन युर्निभर्सिटि अफ म्यानचस्टरको वैज्ञानिकहरु द्धारा बनाइएको हो । यो कम्प्युटर बनाउनको लागी २२६.२० करोड रुपैया खर्च भएको छ ।
यसलाई बनाउने काम २००६ देखी नै शुरु गरीएको थियो । यसको प्रोसेसरमा राखिएको चिप्समा १०० अरब ट्रांजिस्टर छ । यो कम्प्युटरद्धारा वैज्ञानिकहरुलाई न्यूरोलोजीसँग सम्बन्धित बिमारीको पहिचान र त्यसको उपचारमा मद्यत मिल्नेछ । सुपर कम्प्यूटरको यो मेशिनलाई “स्पिननेकर” नाम दिइएको छ । प्रोफेसर स्टीव फरवेरका अनुसार यो मेशिन विश्वको अहिलेसम्मको सबैभन्दा तेजिलो र निश्चित समयमा सबैभन्दा धेरै बायोलोजिकल न्यूराँन्सको नक्कल गर्न सक्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा