सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, कार्तिक २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले राजनीतिक आन्दोलन पूरा भएको बताए ।
‘नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो’, उनले भने, ‘अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।’ विकास र उत्पादन सँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।
त्यस्तै उनले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उनको भनाइ छ ।
‘युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन’, उनले भने ।
राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जीउज्यान दिएर सहयोग गरेको र अब विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसैगरी लाग्नुपर्ने बताए ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गरे ।
उनले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गरे ।
प्रतिनिधिसभाका सांसद समेत रहेका नेता शर्माले पर्यटनलाई पनि उत्पादनसँग जोडेर हेर्नुपर्ने बताए । प्रकृतिले निःशुल्क रुपमा दिएका पर्यटकीयस्थलको सुन्दरतालाई बेचेर त्यसलाई उत्पादनसँग जोड्नुपर्ने उनको सुझाव छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा