सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उत्तर कोरीयासँग सुमधुर हुदै गएको सम्बन्धको बिच दक्षिण कोरीयाले सद्धभावनाको लागी आफनो सैन्य विमानबाट २०० टन सुन्तला छिमेकी देश पठाएको छ । यो भन्दा पहिला सेप्टेम्बरमा प्योंगयांगमा दुबै देशका राष्ट्रप्रमुख बिच भएको वार्ताको दौरान उत्तर कोरीयाले दक्षिण कोरीयालाई २ टन च्याउ पठाएको थियो ।
दक्षिण कोरीयाका रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २ दिनमा सेनाको विमानले सुन्तलाले भरिएको सैयौ बक्स लिएर कैयौ पटक प्योंगयांगको उडान भरेको बताएको छ । दुबै छिमेकी देश बिच दशकौदेखी चलीरहेको तनावलाई पुर्णविराम दिनको लागी यही बर्षमात्र उनका राष्ट्रप्रमुखले ३ पटक भेटवार्ता गरीसकेका छन् । सैन्य संघर्ष विराम गर्दे आपसी सम्बन्धलाई सुमधुर बनाउनु यी भेटवार्ताको अहम मुद्धा रह्यो ।
यी भेटवार्ताको बिच यहि बर्ष जुनमा परमाणु निरस्त्रीकरणको मुद्धालाई लिएर उत्तर कोरीयाको सर्वोच्च नेता किम जोंग उन र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपको सिंगापुरमा भेटवार्ता भएको थियो । तर हालैका दिनहरुमा यो मुद्धामा उत्तर कोरीया र अमेरीकामा फेरी मतभेद केही बढ्दै गएको छ ।
यो समय दक्षिण कोरीयाको यो फल कुटनितिले परमाणु कार्यक्रम फेरी शुरु गर्ने धम्कि दिइरहेको उत्तर कोरीयासँग सद्धभावना बनाइ राख्ने कोशिशको रुपमा हेरीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा