सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २६ । सिटिजन्स बैंक र बल्खु स्थित बयोधा हस्पिटल बिच बैंकका ग्राहक वर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एक कार्यक्रमका बिच सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरे ।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा